१२ बैशाख २०८१, बुधबार

राजपुर गाउँपालिकामा (लैससास) परिक्षण सम्पन्न
  • न्युज मानसराेवर

दाङ\ दाङ स्थित राजपुर गाउँपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (लै.स.सा.स) परिक्षण सम्पन्न गरिएको छ ।
प्रदेश सुशासन केन्द्र नेपालगंञ्ज बाँकेको आर्थिक सहयोग ,राजपुर गाउँपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा उक्त लैससास परिक्षण सम्पन्न  गरिएको हो ।

समापन कार्यक्रममा  बोल्दै  राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले नीतिगत रुपमा देखिएका अभावहरु विषयगत शाखा सँगको बैठकमा प्रस्तुत गर्न निर्देशन दिएका छन। गाउँपालिकाको लैससास परिक्षण कार्यक्रममा बोल्दै बुढाथोकीले गाउँपालिका लैससास मैत्री बनाउनका लागि आवश्यक बजेट र नीति निमार्ण र दस्तावहरुको सुरक्षा गर्न आवश्यक देखिएको छ उनले भने ।

‘अब यस सम्बन्धी शाखा प्रमुख ज्यूहरुले यस विषयलाई गहन रुपमा लिनु हुन्छ ‘ भन्ने विश्वास लिएको बताए । उनले प्रदेश सुशास केन्द्र र सहजीकरण गर्ने संस्थालाई धन्यवाद दिदै गाउँपालिका लैससास मैत्री बनाउन आफ्नो पहिलो कार्य योजना हुने बताए ।

त्यसै गरी कार्यक्रममा राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले कर्मचारीहरुको अभाव र लापर्वाहीले गर्दा समस्या देखा परेको बताइन । उनले विषयगत शाखाहरुले कार्यक्रम निमार्ण गर्दा लैससास अनुरुप बनाउन र कार्यपालिकामा प्रस्तुत गर्न आग्रह गरिन ।
उनले त्यसका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्न गाउँ कार्यपालिका प्रतिवद्ध रहेको समेत बताइन।

कार्यक्रममा बोल्दै राजपुर गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष सुर्य प्रसाद चौधरीले लैससास मैत्री वनाउन वडा स्तरमा समेत अभिमुखिकरण र रणनिति योजना निमार्ण गर्दै जाने उल्लेख गरे ।

उनले प्रदेश सुशासन केन्द्र र सहजीकरण गर्ने संस्था प्रति धन्यवाद समेत व्यक्त गरे । चौधरीले समग्र गाउँपालिकाको विकास निमार्ण र सुशासन निमार्ण गर्नाका लागि म बाट शुरु गर्न आवश्यक रहेको समेत बताए । समापन कार्यक्रममा बोल्दै राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृच विष्णु प्रसाद पाण्डेयले नीतिगत सुधार गर्दै गाउँपालिका लैससास मैत्री निमार्ण गर्न प्रतिवद्धता जनाए ।

पाण्डेयले प्रदेश सुशासन केन्द्रलाई धन्यवाद दिदै गाउँपालिकाले लैससास परिक्षण गर्नाका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनले गाउँपालिकाको आफ्नै बजेट बाट लैससास रणनिति योजना निमार्ण गरिने र त्यस अनुरुप कार्य सम्पादन गर्ने बताएका छन।कार्यक्रमको सहजीकरण आशिक रणपालले गरेका थिए ।लैससास परिक्षणमा ३५ जनाको सहभागिता रहेको थियो ।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech