१२ बैशाख २०८१, बुधबार

विश्व जलविन्दु सप्ताहमा सचेतना
  • न्युज मानसराेवर

बाँके\चिकित्सकहरूले अन्धोपनबाट जोगिन नियमितरुपमा आँखाको परीक्षण गर्न सुझाव दिएका छन् । विश्व जलविन्दु सप्ताहको रूपमा बाँके स्थित नेपालगञ्जमा भिजन आँखा अस्पतालले आयोजना गरेको सचेतनामूलक कार्यक्रममा नेत्ररोग विशेषत्रज्ञ डा  प्रचण्ड गौतमले जलविन्दुलाई अन्धोपनको प्रमुख कारण भएको बताएका छन।

“जलविन्दु भएपछि करिब १० प्रतिशतलाई आजीवन अन्धोपन हुनसक्छ,” डा. गौतमले भने , “जलविन्दु जसलाई पनि हुन सक्ने भएकाले नियमित आँखा स्वास्थ्य परीक्षण गर्न अनिवार्य छ । उनले प्रत्येक वर्ष कम्तीमा एक पटक आँखाको परीक्षण गरेर जलविन्दु लगायत अन्य रोगको सङ्क्रमणबाट बच्न सजिलो हुने समेत बताएका छन।

चिकित्सकका अनुसार मानिसमा प्रायजसो ४० वर्ष पूरा भएपछि जलविन्दु रोग देखिने गर्दछ । नियमित आँखा जाँच गरेमा रोगको सङ्क्रमण देखिए पनि समयमै उपचार गरेमा निको हुने चिकित्सकको भनाइ छ । यसैगरी आँखामा रोग लागेपछि मात्रै मानिसहरू उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा सम्पर्कमा आउने गरेको बताइएको छ ।  नियमित स्वास्थ्य परीक्षणका लागि आमनागरिकमा सचेतना जरुरी रहेको छ ।  भिजन आँखा अस्पतालका प्रमुख समेत रहनुभएका डा. गौतमले जलविन्दु सप्ताह अन्तर्गत आम नागरिकमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको  थियो ।

जनचेतनामूलक कार्यक्रम अन्तर्गत बीपी चोकस्थित भिजन आँखा अस्पतालबाट सुरु भएको र्‍याली गणेशमान चोक, भेरी अस्पताल, त्रिभुवन चोक, बीपी चोक हुँदै पुनः भिजन आँखा अस्पतालमा पुगेर समापन भएको थियो ।

  • ४ चैत्र २०७९, शनिबार प्रकाशित

  • Nabintech