१२ बैशाख २०८१, बुधबार

मिनी ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु, आमाछोरी घाइते
  • न्युज मानसराेवर

दाङ\दाङमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

प्यूठान नौबानी गाउँपालिका ६ बस्ने मोटरसाइकल चालक ३२ वर्षीय राजन केसीको मृत्यु भएको हो। उनका श्रीमती र छोरी घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आइतबार साँझ करिब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी केसीकी २६ वर्षीया श्रीमती सन्ध्या र छोरी २ वर्षीयाराष्ट्रियता गम्भीर घाइते भएका छन्। सन्ध्याको दायाँ गोडा र टाउकोमा चोट लागेको छ। छोरीलाई भित्री चोट लागेको छ। दुवै जनाको अवस्था गम्भीर रहेको प्रवक्ता गौतमले बताए।

आइतबार साँझ करिब ६ बजेतिर घोराही उपमहानगरपालिका ३ कुइरेपानी स्थित घोराहीबाट लमही तर्फ जाँदै गरेको प्रदेश ०३–००१ क।०१६९ नम्बरको मिटी ट्रकले विपरीत दिशातर्फ गइरहेको बागमती प्रदेश ०२–०१६ प। ३६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech