६ चैत्र २०८०, मंगलवार

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
  • न्युज मानसराेवर

सुर्खेत\कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् ।प्रदेशमा ३ प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । विक्रम संवत् २०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसंख्या १६ लाख ९४ हजार ८८९ रहेको छ । सरकारी तथ्यांकअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर रहेका छन् ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गको जलस्रोत महाशाखाका सिनियर डिजिजनल इन्जिनीयर गोपाल शर्माका अनुसार कर्णालीमा ८६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा पुगेका बताए । प्रदेशमा अझै ६ प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँचमा छैन ।

शर्माले भने, ‘प्रदेशका धेरै नागरिक खुला पोखरी, खोला, खाल्सा र नदीको दूषित पानी पिउन बाध्य छन् । प्रदेशका ७९ वटै स्थानीय तहमा आधारभूतस्तरको खानेपानी सुविधा पुर्‍याउने लक्ष्य लिएर काम भइरहेको छ ।’

शर्माका अनुसार कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा खानेपानी तथा सरसफाइमा १ अर्ब ४० करोड विनियोजन गरेको
छ । कर्णालीका १० वटै जिल्लामा ल्याब स्थापना गरी पानी परीक्षण समेत भइरहेको छ । अहिले प्रदेश सरकार तथा स्थानीय तहले खानेपानीका नयाँ आयोजना सञ्चालन गरिरहेको र खानेपानीको समस्या रहेको ठाउँमा आधारभूत सुविधा पुर्‍याउन काम अघि बढाइएको शर्माले बताए ।

  • ९ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech