१४ बैशाख २०८१, शुक्रबार

प्रत्येक सदस्य श्रमसँग जोडिन आवश्यकःरुचाल
  • न्युज मानसराेवर

बैजनाथ \बैजनाथ गाउँपालिका वडा नं.३ मा मिसन ग्रासरुप अभियान शुरु गरिएको छ।

पार्टी सुढृढिकरण तथा संगठन विस्तार अभियान लाई एकिकृत अभियानका रुपमा एमालेले मिसन ग्रासरुट अभियान संचालन गरेको हो ।

अभियानमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मान बहादुर रुचालको प्रमुख अथितिमा वडा पदाधिकारी तथा कार्यकर्ताहरुलाई अभिमुखिकरण गराइएको थियो ।

उक्त अभिमुखिकरण बैजनाथ गाउँपालिका वडा नं.३ स्थित बैरहवामा संचालन गरिएको नेकपा एमाले नेतृ अस्मिता विकले जानकारी गराइएकी छन।  अभिमुखिकरण कार्यक्रममा प्रदेश कमिटी सदस्य मान बहादुर रुचालले जनताका विचमा जनताको बहुदलिय जननवाद र त्यसको महत्व बारे जानकारी गराउदै संगठन निमार्ण सबै आवद्ध हुन आवश्यक रहेको बताए ।

उनले पार्टीमा नयाँ सदस्य थप पार्टीमा देखिएका अन्तर विरोध समाधान गर्दै जनताको अभिभावका रुपमा नेकपा एमालेलाई स्थापना गर्नु आजको आवश्यकता रहेको बताए । रुचालले पछिल्लो पार्टीका हरेक सदस्य श्रमसँग आवद्ध हुन आवश्यक रहेको समेत बताएका थिए ।

  • ११ चैत्र २०७९, शनिबार प्रकाशित

  • Nabintech