२३ बैशाख २०८१, आईतवार

कोहलपुर ‘भ्यू टावर’ निमार्णको अन्तिम चरणमा
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपालिकाको गौरवको आयोजना कोहलपुर भ्यू टावर निमार्ण कार्य सम्पन्न हुने चरमा पुगेको छ ।

उक्त भ्यू टावर निमार्णका लागि कूल ५ करोड ८८ लाख  रकम विनियोज गरिएको थियो ।

उक्त भ्यू टावर अब दुई हप्ता भित्र सम्पन्न गरिने एशोसिट जय भवानी निमार्ण कम्पनीका संचालन अर्जुन पनेरुले जानकारी गराएका छन।

कोहलपुर वडा नं.११ गोलपार्कमा उक्त भ्यू टावर निमार्ण भइरहेको छ। भ्यू टावर निमार्ण सम्पन्न पश्चात उक्त क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ आयोजना अगाडी बढाइएको निर्वतमान कार्यपालिका सदस्य डिल बहादुर परियारले उल्लेख गरेका छन।  उक्त गौरवको  आयोजना निवर्तमान नगर प्रमुख लुट बहादुर रावतको कार्यकालमा शुरुवात गरिएको हो ।

  • २९ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech