बाँके\नेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन माग गरेको छ।
बिहीबार सूचना प्रकाशन गर्दै सेनाले देशभरबाट विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी सैन्य माग गरेको छ।
माग गरिएको मध्ये सैन्य परिवार २२५, खुल्ला दुई हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना रहेका छन्।
यी मध्ये सबैभन्दा धेरै सुर्खेत, कास्कीमा ३५०-३५० र उदयपुरमा ३०० जना सैन्य माग गरेको छ।
इच्छुकले अनलाइनमार्फत फारम भर्न सक्ने व्यवस्था गरेको भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग जंगी अड्डाले जनाएको छ।
फारम जेठ १४ गतेसम्म अन्तिम समय तोकिएको छ। उम्मेदवारका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने नेपाली सेनाले सूचना मार्फत जनाएको छ।












