बैजनाथ\बैजनाथ गाउँपालिकाले आफ्नो सार्वजनिक सुनवाई सम्पन्न गरेको छ ।
गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा विषयमा गरिएको सार्वजनिक सुनवाईमा ८ बुर्दे प्रतिवद्धता गरिएको छ ।
सेवा प्रदायिक र सेवाग्राही विचको सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरेका छौँ बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले भनेका छन। सार्वजनिक सुनवाई २०७९ र ०८०मा गरिएका कार्यक्रम तथा कार्य सम्पादन सम्बन्धी रहेको थियो ।
बैजनाथ गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनवाईको सहजीकरण बाँस नपालगञ्जले गरेको थियो।सार्वजनिक सुनवाई कार्यक्रममा जनप्रतिनिधि ,कर्मचारी लगाएतको सहभागिता रहेको बैजनाथ गाउँपालिका सुचना अधिकारी तप्तराज आचार्यले जानकारी गराएका छन।











