डेक्स\ नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मुलुकका विभिन्न स्थानमा अवैधा लागूऔषधसहित ९ जना पक्राउमा परेको जनाएको छ। प्रहरीका अनुसार बर्दियाको गुलरिया नगरपालिका–९ गोडियनपुरबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ३६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–९ टेपरीका ३० वर्षीय अवधेश यादव र भारत घर भएका २३ वर्षीय दीपककुमार पासवान रहेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी४०आर३४१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
बाँकेको नेपालगञ्ज उपमहानगर–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ९ ग्रामसहित सोही उपमहानगर–४ देवाफूलबारीका २८ वर्षीय साद्दव खाँनलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ।











