४ जेष्ठ २०८१, शुक्रबार

अनेरास्ववियुले सरस्वती माध्यामिक विद्यालयमा लगायो ताला
  • रामकृष्ण छिनाल

बैजनाथ\बैजनाथ गाउँपालिका वडा नं.३ मा अलिख नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)ले विद्यालयमा ताला लगाएको छ ।
नेकपा एमाले निकट  विद्यार्थी यूनियन अनेरास्ववियुले बैजनाथ ३ स्थित सरस्वती माध्यामिक विद्यालयमा ताला लगाएको हो ।

विगत लामो समय सम्म शिक्षक राख्न गरिएको विज्ञापन हाल सम्म पनि शिक्षक नराखिएको विषयमा बारम्बार सम्बन्धित जवाफदेही निकायहरुमा ध्यानआकर्षण गर्दा समेत शिक्षक नराखिएको विषय उल्लेख गर्दै अनेरास्ववियुले ताला लगाएको हो ।

अनेरास्ववियु बैजनाथ गाउँपालिका अध्यक्ष गणेश कठायत इन्चार्ज सर्जन आचार्यको नेतृत्वमा विद्यालयमा ताला लगाइएको हो ।

 


घटना विवरण
२०७९। मंसिर १२ गते नेपाली  र लेखापालको विज्ञापन खोलिएकोे थियो । तर नेपाली र अग्रेजी विषयको परिक्षा गाउँपालिकाले लिने निर्णय गर्दै उक्त विज्ञान रद गरिएको थियो ।विद्यालय व्यवस्थापन समितिले आह्वान गरिएको शिक्षक विज्ञापन रद गरिपछि उक्त निर्णयको  विद्यालय व्यवस्थापन समिति र गाउँपालिका विच सहमति अनुरुप रद भएपछि कानूनी अनुरुप पालिकाले आफ्नो हिउँदे गाउँ सभाबाट गाउँपालिकाको शिक्षा ऐन संशोधन गर्दै पालिका अनुदानमा राख्ने शिक्षकको अधिकार पालिका शिक्षा शाखाले परिक्षा लिने कार्यविधि पास गरेको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले जानकारी गराए ।

त्यसै गरी शिक्षा ऐन संशोधन अनुरुप गाउँपालिकाले विज्ञापन खोलिएको गाउँपालिका अध्यक्ष शाहीले भनेका छन।तर उक्त विज्ञापन समय पनि सकिएको छ । तर परिक्षा हुन सकेको छैन । गाउँपालिकाले जारी गरेको गरेको विज्ञापनमा अन्तिम समय यही ५ गते आवेदन दिने मिति राखिएको थियो । गाउँपालिका अध्यक्ष शाहीलाई यस विषयमा पश्न गर्दा उनले गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वराज ढकालको बुवाको मुत्यु भएका कारण परिक्षा रोकिएको स्विकार गरे ।उनले भने आएका आवेदनहरु सबै सुरक्षित छन। अब छिटै परिक्षा लिन्छौँ शाहीले भनेका छन।

लेखापाल र अग्रेजी विषमा अझै राजनितिक
३ पटक सम्म शिक्षक आह्वान गर्दा समेत शिक्षक राख्न नसक्दा विद्यालय व्यवस्थापन समिति र वडा कार्यालय विचको मदभेदका कारण परिक्षा संचालन हुन नसकिएको देखिएको छ । यद्यपी विद्यालय श्रोतमा राखिने अग्रेजी विषयको परिक्षा २ दिन भित्र हुने सरस्वती माध्यामिक विद्यालयका प्र.अ कर्ण बहादुर विसीले जानकारी गराएका छन। तर अझै संघिय अनुदानमा राखिने लेखापालको परिक्षा कहिले हुने भने अझै थाह नभएको बताएका छन।

प्र.अ विसीका अनुसार लेखापालको परिक्षाका लागि खोलिएको विज्ञापनमा समेत समयमा हुन नसकेको स्विकार गरेका छन। विसीका अनुसार परिक्षा लिने दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओपीराम खत्री सम्पर्कमा नहुँदा परिक्षा रद गर्न बाध्य भएको बताए ।
उनले भने पनि अध्यक्ष ज्यू पछि सम्पर्कमा आउनु उहाँको परिवार विरामी भएर नेपालगञ्ज पुगेको र परिक्षा पछि गरौँला भने पछि लेखापालको परिक्षा समेत रद गरिएको विसीले बताएका छन।

यसै गरी यस विषयमा बैजनाथ गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष तथा सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका सदस्य समेत रहेको निखिल बैगारले विद्यालयमा ताला लगाएको विषयमा आफु अनविज्ञ रहेको बताएका छन।

उनले के भएको छ मैले बुझेको छैन  बैगारले  भनेका छन।  ६ महिना सम्म शिक्षक विहिन हुँदा पनि शिक्षक राख्न नसक्नु र शिक्षक राख्ने विषयमा चरम राजनितिक हुँदा विद्यार्थीहरुको भविष्य माथि खेलवाड भएको स्थानीय अभिभावकहरुको गुनासो रहेको छ ।

 

  • ७ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech