१५ चैत्र २०८०, बिहीबार

अधिकार माग्दै प्रदेशका सात मुख्यमन्त्री
  • न्युज मानसराेवर

काडमाडौँ \संघीयता कार्यान्वयन र अधिकारका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भेला बोलाएका छन् । आगामी जेठ १० मा गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर प्रदेश बैठक राखेर सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीका ध्यानाकर्ष गर्ने तयारीमा लागेका हुन् ।

केन्द्र सरकारले अधिकार अझै पनि आफ्नै मुठीमा राखेकाले प्रदेश कुण्ठित भइरहेको बताउँदै आएका मुख्यमन्त्रीहरुले अधकिार विकेन्द्रीकरण गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारी गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उल्लेख गरेका छन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थतिमिा सातै प्रदेशका मुख्यमन्त्रीलाई सहभागी गराएर अधिकारका सवालमा गण्डकी प्रदेशले छलफल चलाउने तयारी गरेको उनको भनाइ रहेको छ ।

संघ, प्रदेश र स्थानीय तहबीच अ‍ेहीले पनी साझा सूचीका अधिकार प्रयोगमा अन्योल हुनुपर्ने अवस्था विद्यमान रहेकोमा प्रधानमन्त्रीसँगको छलफलले केही निष्कर्ष निकाल्न सक्ने मुख्यमन्त्रीहरुले बताएका छन् ।

संविधानले निर्दिष्ट गरेका अधिकार पनि प्राप्त गर्न नसकेको भन्दै मुख्यमनत्रीहरुले पटकपटक संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । छलफलमा सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवहरुसहित अन्तर प्रदेश समन्वय र विकास आयोजना कार्यान्वयनका सन्दर्भमा कानुनी अड्चन फुकाउन समेत छलफलले सकारात्मक बाटो पहिल्याउन सक्ने मुख्यमन्त्री पाण्डेले  बताए ।

पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा २०७५ भदौ २१ र २२ गते पोखरामा मुख्यमन्त्रीहरुको भेला गरेर प्रदेशको अधिकार प्राप्तिका विषयमा छलफल चलाएका थिए ।

  • ९ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech