४ असार २०८२, बुधबार

विद्युत समस्या एक साताभित्र समाधान हुने
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज र सो वरपरका क्षेत्रमा केही समययता देखिएको विद्युत् सम्बन्धी समस्या एकसाताभित्र समाधान हुने विद्युत् वितरण केन्द्र नेपालगञ्जले जनाएको छ ।

विद्युत् वितरण केन्द्र नेपालगञ्जका प्रमुख दिवाकर प्याकुरेलले नेपालगञ्ज र सो वरपरका लागि विद्युत आपूर्तिमा कुनै अभाव र समस्या नरहेको जनाउँदै केही आन्तरिक कारणले अहिले समस्या देखिएकोमा एकसाताभित्र समाधान हुने  जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले विद्युत् वितरण केन्द्र नेपालगञ्जका प्रमुख प्याकुरेललाई मंगलबार कार्यालयमा बोलाएर विद्युत् अनियमितताबारे जानकारी माग्दा उहाँले सो जानकारी  गराएका छन।

वितरण केन्द्रका प्रमुख प्याकुरेलका अनुसार अहिले नेपालगञ्जको विद्युत् खपत ३० मेगावाट रहेको र ३० मेगावाट नै सहज रूपमा आपूर्ति भइरहेकोले केही दिनमै विद्युत् नियमित हुनेछ । उनले हावाहुरी र अन्य केही आन्तरिक समस्याका कारण केही फिडरमा समस्या आएकोले एक साताभित्र ती सबै समस्या समाधान गरेर विद्युत्लाई नियमित गरिने उल्लेख गरेका छन।

  • ९ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech