१४ बैशाख २०८१, शुक्रबार

हिमाली गाउँपालिका पूर्णखोपयुक्त पालिका घोषणा
  • जीवराज पाण्डे

सुदुरपश्चिम डेक्स \बाजुरा जिल्लाको हिमाली गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । खोपयुक्त पालिका सुनिश्चितता तथा दिगोपन गर्नाका निम्ति गाउँपालिकाले अभियानका रुपमा सबै वडा स्तरमा कार्यक्रम संचालन आएको थियो ।

स्वास्थ्य शाखाको आयोजनामा उक्त खोप सुनिश्चितता तथा दिगोपन कार्यक्रम गाउँपालिका स्तरमा अभियानका रुपमा संचालन गरिएको छ।

गाउँपालिकालाई पूर्ण खोपयुक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले गाउँपालिकालाई पूर्णखोप गाउँपालिका वडा सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रियाहरु पुरा गरी गाउँपालिकाका सबै वडाहरु पूर्णखोपयुक्त घोषणा गरिएको  जानकारी गराए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले सबै वडाहरुलाई पूर्ण खोपयुक्त घोषणा गरेपश्चात गाउँपालिकामा स्तरमा पूर्ण खोपयुक्त गाउँपालिका भएको घोषणा गरिएको  जानकारी गराएका छन।

भण्डारीले जिल्लाको अति दुर्गम गाउँपालिका भित्र  जन्मिँदै बालबालिका कुपोषित हुने अवस्थाको अत्य गर्न गाउँपालिकाले आमा सुरक्षा कार्यक्रहरु संचालन गरिएको बताए ।

उनले  पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिनु सुःखत भएको बताए ।  उनले अब  खोप अभियालाई नियमित रुपमा अनुगमन गर्न वडा स्तरीमा रहेको हाम्रा स्वास्थ्य शाखाको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका छन।  कार्यक्रममा र्‍याली समेत निकालीएको थियो ।

पूर्ण खोप सुनिश्चितताका लागि स्थानीय राजनितिक दल , निर्वाचित वडा अध्यक्ष कार्यपालिका सदस्य , विभिन्न शाखाका शाखा प्रमुखहरु विद्यार्थीहरुको बाग्लो सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता १० गते गरिएको थियो ।

  • ११ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech