१३ बैशाख २०८२, शनिबार

बागेश्वरी बहुमुखी क्याम्पसमा म्यानेजमेन्टको भवन शिलान्यास
  • कल्पना कार्की

बाँके\बाँकेको कोहलपुर नगरपालिकामा रहेको मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बुहुमुखी क्याम्पसमा १ करोड १७ लाखमा ग्राजुएट स्कुल अप म्यानेजमेन्टको भवन बन्न लागेको छ ।

बिहीबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले शिलान्यास गरेका छन् ।

सिंहले विविए भवनको समेत समुदघाटन गरेका थिए । सिंह मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा अनुगमन तथा निरिक्षण कार्यक्रममा शिलान्यास र उदघाटन गरेका हुन् ।

यस्तै क्याम्पस प्रमुख दान बहादुर हमालले मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा कमर्सको भवन छुट्टै निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए ‘विगत १ वर्षदेखि कमर्स सञ्चालन भएतापनि छुट्टै भवन भने थिएन ।

अबको केही महिनामा नै आफ्नै भवन हुनेछ । उनले भने ।  त्यसै गरी मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा शैक्षिक र प्राज्ञिक अन्तरक्रिया समेत गरिएको थियो ।

  • ११ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech