बुटवल\लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन्। त्यसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेका छन्।
बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आईसीएफ)सँगको अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौती विषयमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।
उनले लुम्बिनी प्रदेश वैदेशिक लगानीको आकर्षक क्षेत्र पनि रहेको भन्दै वैदेशिक लगानी पहिलो रोजाइ सेवा मूलक, उत्पादन मूलक र पर्यटन क्षेत्रमा रहेको भनाइ राखे। त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला आठ सय ८२, घरेलु तथा साना उद्योग करिब २५ हजार र करिब एक लाख ५० हजार व्यावसायिक प्रतिष्ठान रहेको उनले जानकारी गराए।










