१६ चैत्र २०८०, शुक्रबार

दुई पुल र सात सडक निर्माणका लागि बाँकेमा बजेट विनियोजन गर्न माग
  • न्युज मानसराेवर

बाँके\विकास निर्माणमा अझै पनि पिछडिएको र दुर्गम मानिने बाँकेको राप्तीसोनारी गाउँपालिकामा दुई पुल र सात सडक निर्माणका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।

बाँके क्षेत्र नम्बर १ बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले राप्तीसोनारी गाउँपालिकामा दुई पुल र सात सडक निर्माण अपरिहार्य भएको ठहर गरेर यस पटक आउने बजेटमा रकम माग गरिएको बताइन।  उनले पटक–पटक सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र पुल महाशाखामा पुगेर पुल र सडक निर्माणका लागि बजेटको व्यवस्था गर्न आग्रह गरिएकाले यस पटक जेठ १५ गते आउने बजेटमा यी योजनाका लागि आवश्यक रकम विनियोजन गरिने छ।

प्रदेशसभा सदस्य नमुनाले सुगम जिल्लाको दुर्गम मानिने राप्तीसोनारी र नरैनापुर अझैपनि धेरै पछाडि परेकाले ती क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरिएको जानकारी गराएकी छन। केही दिन अगाडि नेपालगञ्जको भ्रमणमा आउनु भएका सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, सडक विभाग पुल महाशाखाका उप–महानिर्देशक नरेशमान शाक्य र प्रमुख जिल्ला अधिकारी कृष्णराज अधिकारी लगायतसँग भेटेर ती योजनाहरू माग गरिएको उल्लेख गरिन।

प्रदेशसभा सदस्य नमुनाका अनुसार राप्तीसोनारी गापाका लागि बजेट माग गरिएका पुल निर्माणको योजनाहरूमा राप्तीसोनारी गाउँपालिका २ मुगुवा खोलामा ४५० मिटर लामो पुल निर्माण र वडा नम्बर १ बासखोली भवानीयापुर हुँदै दाङको भौवा नाका जोड्ने सडकको राप्ती नदीमा पक्की पुल निर्माण रहेको छ ।

सोही प्रकारले सडक निर्माणका योजनाहरूमा राप्तीसोनारी गापा अगैयादेखि नरैनापुर गापाको घरदौरिया, (उत्तर दक्षिण १७ किलोमिटर) जोड्ने निर्माणाधीन सडकका लागि थप बजेट र कालोपत्रे, राप्तीसोनारी–७ को सोनपुर चोकदेखि हेल्थपोस्ट, वडा कार्यालय, प्रिप्रहवा, नरैनापुर गापा ६ को गङ्गापुर हुँदै नरैनापुरको मटैहिया जोड्ने १३.६ किलोमिटर सडक कालोपत्रे, राप्तीसोनारी गापा २ को कचनापुरदेखि डुडुवाको कम्दी हुँदै नेपालगञ्ज जोड्ने २८.७ किलोमिटर सडक कालोपत्रे, हुलाकी राजमार्गको जयरामपूर्वा चोकदेखि दौलतपुर नरैनापुरसम्म १० किलोमिटर सडक कालोपत्रे रहेको छ ।

सैगरी, हुलाकी राजमार्ग कालाफाँटादेखि बर्फानी बाबा पर्यटन सडक १० किलोमिटर कालोपत्रे, राप्तीसोनारी गाउँपालिका ५ चिलरिया रिङरोड कालोपत्रे, राप्तीसोनारी गाउँपालिका ९ को शहीदस्मृती प्रतीक्षालयदेखि पिकनिक पार्कसम्म रिङरोड बाँकी ७ किलोमिटर कालोपत्रे योजनाका लागि बजेट माग गरिएको छ ।

  • ११ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech