बैजनाथ\बैजनाथ गाउँपालिकाले निशुल्क पिसाब द्वारा प्रारम्भिक मृगौलाको जाच शिविरलाई निरन्तरता दिएको छ।
बैजनाथ स्वास्थ्य शाखाको आयोजनामा उक्त अभियान आज बैजनाथ गाउँपालिका वडा नंं.१ मा शुरु गरिएको हो ।
यस अघि बैजनाथ वडा नं.४ र डा नं. २ मा उक्त शिविर शुरु संचालन गरिएको थियो । प्रारम्भिक मृगौला जाच शिविरमा बोल्दै प्रमुख अथिति बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले स्थानीय सरकारले गरेको अभियानमा सहभागि जनाएका सबैलाई धन्यवाद तथा स्वागत गरेका छन।
४० वर्ष उमेर समुह माथीका आम नागरिकहरुको मृगौला संवेदनशील अंग हुने बताए । उनले भविष्यमा हुने जोखिम न्यूनिकरण गर्नाका लागि स्थानीय सरकारले मानविय क्षति हुन बाट बच्नका लागी स्वास्य शाखाको आयोजनामा उक्त अभियान सबै वडामा शुरु गरिएको बताए ।
उनले शिविरमा बैजनाथ गाउँपािलका वडा नं.१ का सबै टोलहरुमा प्रचार प्रसार गर्न समेत सहभागिहरुलाई अनुरोध गरेका छन। उनले आम नागरिकहरुको स्वास्थ्य लाई मध्यनजर गर्दै १५ शैयाको अस्पताल निमार्ण कार्य शुरु गर्नाका लागि प्रस्तावना समेत गरिसकेको बताएका छन।
उक्त स्वास्थ्य शिविरमा ५० जना बढीको सहभागिता रहेको थियो ।उक्त शिविर कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष रुप बहादुर मल्ल स्वास्थ्य शाखा प्रमुख लक्षमण शाही लगाएको सहभागिता रहेको थियो ।