८ बैशाख २०८१, शनिबार

बाँकेमा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघले गरे राष्ट्रघाती निर्णयको विरोध
  • सरला सुवेदी

बाँके\राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न र भारतको संसद  भवनमा नेपालको भुभाग समेटिएको नक्सा विरुद्ध अनेरास्ववियु  र राष्ट्रिय युवा संघ नेपालको सयुक्त आयोजनामा बाँकेमा बृहत् बिरोध प्रदर्शन गरिएको छ ।

बाँके स्थित   नेपालगन्जको बिपिचोक बाट सुरु भएको बिरोध र्‍याली  गर्दै  बजार परिक्रमा  समेत गरिएको थियो ।  पुन बिपिचोक आएर को आयोजना गरिएको थियो । कोण सभा लाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचीव खेमराज शर्माले जवजव यो देशमा संकट पैदा हुन्छ तब तब नेकपा एमाले अनि एमाले आवद्ध युवा संघ र अन्य भातृ संगठनहरु बिरोध गर्न मैदानमा उत्रीने इतिहास रहेको उल्लेख गरे।

शर्माले भारतको स्वार्थकोलागि पाँच दलिय गठबन्धन सरकारले देशलाई  बेचेको आरोप लगाए ।  उनले यो आन्दोलन शुरुवात मात्र भएको बताउदै देशका सबै जिल्लाहरुमा अब आन्दोलनको ताप शुरु हुने समेत बताए ।

यो सान्केतिक आन्दोलन गरिएको र राष्टघाति नागरिकता बिधेयक खारेज नगरे सम्म गर्न दवाब स्वरुप राष्ट्रिय युवा संघले आन्दोलनलाई निरन्तरता दिने बताए। उनले सडकबाट आन्दोलन गरेर सरकारलाई पछारेर यो नागरिकता बिधेयक निर्णय फिर्ता लिन बाध्य बनाउन राष्ट्रिय युवा संघको केन्द्रिय कमिटिको सर्कुलर अनुसार बिरोध आन्दोलनका कार्यक्रम तय गरिने बताउदै सभालाई जानकारी समेत दिएका छन।

देशप्रेमी आम नागरिकलाई यो बिरोध आन्दोलनमा सारिक हुन  शर्माले सार्वजनिक आह्वान समेत गरेका छन।  कोणसभालाई सम्बोधन गर्दै  अनेरास्ववियु बाँके जिल्ला संयोजक प्रकाश बिश्वकर्माले प्रचण्ड सरकारले  गरेको देशद्रोही निर्णयप्रती सम्पुर्ण विद्यार्थीहरु खरो रुपमा आन्दोलनमा उत्रीने बताए । राष्ट्रघाती निर्णय खारेज गर्न हामी यही सडक बाट सरकारलाई चेतावनी दिन्छौँ, बिश्वकर्माले  भनेका छन।’

संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेका नेता दक्तप्रसाद आचार्य , युवा संघ केन्द्रिय सदस्य दिपेन्द्र लामा कालु,जिल्ला सचिव रमेश मिजार अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन घिमिरे लगायत युवा विद्यार्थीहरुको सहभागीता रहेको थियो।

  • १७ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech