४ असार २०८२, बुधबार

बाँकेमा अत्यधिक गर्मीले विद्यार्थीहरु बिरामी पर्न थाले
  • न्युज मानसराेवर

बाँके\अत्यधिक गर्मीका कारण बालबालिकाहरु बिरामी पर्न थालेका छन् । दिनको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको छ । प्रचण्ड गर्मी र खानपानका कारण झाडापखालाले बालबालिका प्रभावित हुन थालेका चिकित्सकहरुले बताएका छन् ।

अत्यधिक गर्मीका कारण कतिपय बालबालिका विद्यालयमै बिरामी पर्न थालेको विद्यालय प्रशासनले जनाएको छ । विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने र वान्ता समेत हुने गरेको छ ।

त्यसमा झन टिनका छाना भएका विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको अवस्था झनै विजोग छ । छिनछिनमै बत्ती आउने जाने गरेका कारण पंखा पनि राम्रोसँग नचल्ने र लो भोल्टेजले स्लो चल्ने गरेको शिक्षकहरु बताउँछन् ।

बाँकेका ८ वटा स्थाानीय तहमध्ये डुडुवा बाहेक अन्य पालिकाले दिउँसो कक्षा चलाएका छन् । प्रचण्ड गर्मीका कारण बालबालिकाहरु प्रभावित हुन थालेपछि डुडुवा गाउँपालिकाले भने जेठको पहिलो सातादेखि विहानी कक्षा चलाइरहेको छ ।

गर्मीले बालबालिकाहरु प्रभावित हुन थालेपनि स्थानीय सरकारले भने विकल्पबारे सोच्न भ्याएका छैनन् । स्थानीय सरकारले केही दिन विद्यालयमा विदा दिएर भएपनि बालबालिकाहरुको स्वास्थ्यप्रति संवेदनशील भइदिनु पर्ने अभिभावकहरु बताउँछन् ।

  • १८ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech