४ असार २०८२, बुधबार

नेपाली काँग्रेस क्षेत्रीय समितिराहले बाड्यो नरैनापुरमा राहत
  • न्युज मानसराेवर

नरैनापुर \ बाँकेको नरैनापुर गाउपालिका वडानं ५ जमुनाहा गाउमा भएको आगलागीमा परेका अग्नी पीडितलाई नेपाली काँग्रेस बाँके १ नं. क्षेत्रीय समितिले राहत बितरण गरेको छ ।

केही दिन अघिमात्र सो स्थानमा भएको आगलागीमा परेर १३ घर नष्ट भएका थिए । सो अग्नी पीडित परिवारलाई नेपाली काँग्रेस बाँके क्षेत्रनं. १ द्वारा राहत बितरण गरिएको हो । क्षेत्रीय सभापति पोषण केसीको नेतृत्वमा गएको टोलीले पीडित प्रति परिवारलाई २५ किलो चामल, २ किलो दाल, १ किलो र १ लिटर तेल बितरण गरेको हो ।

सो अवसरमा सो वडाका वडा अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता युवराज मोर्यलगायतको नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech