जेष्ठ २०,कोहलपुर \कोहलपुरमा मसाल जुलुस निकालिएको छ । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघको आयोजनामा नागरिकता विधयक प्रमाणिकरणका विरुद्ध उक्त मसाल जुलुस सहित प्रर्दशन गरिएको हो ।
मसाल जुलुस कोहलपुर चौराहा परिक्रमा गर्दै नेपालगंञ्ज रोडमा कोण सभा गरिएको थियो ।
कोण सभालाई सम्बन्धन गर्दै अखिल नेपाल किसान महासंघ केन्द्रिय सचिव आरति पौडेलले निष्कृय नागरिकता विधयक प्रकाणिकरण गर्नु देशलाई फिजीकरण गर्न लागिएको आरोप लगाएकी छन।
नेपालको अखण्डता माथी भारतिय पक्षले जारी गरेको नंक्सा बाट समेत भारत सरकारको हस्तक्षेप नीति स्पष्ट देखिन्छ’ उनले भनिन । ‘ यो हस्तक्षेप आम नेपाली नागरिकलाई मान्य नहुने समेत बताईन ।
कार्यक्रममा जिल्ला सदस्य तथा कोहलपुर नगर पार्टी सह इन्चाज कुश्माखर बस्याल युवा संघका केन्द्रिय सचिव खेम शर्मा नेकपा एमाले नगर कमिटी लगाएतको सहभागिता रहेको थियो ।