६ बैशाख २०८१, बिहीबार

नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा सुनुवाइ आज
  • न्युज मानसराेवर

बाँके\नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा (आइतबार) आज सुनुवाइ हुने भएको छ।

विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबाट सर्वोच्चमा रिट दर्ता गराएका थिए।राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गर्ने कार्य असंवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ।

अघिल्लो संसद्‌बाट पारित भएको विधेयक ताजा जनादेशपछि राष्ट्रपतिले सिधै प्रमाणीकरण गर्न नहुने भन्दै अदालतबाट अन्तरिम आदेशसमेत माग गरिएको छ। विवादित नागरिकता विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए।

  • २१ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech