१२ बैशाख २०८१, बुधबार

गर्मी बढेपछि बाँकेमा विद्यालय बन्द
  • न्युज मानसराेवर

बाँके\अत्यधिक गर्मी बढेपछि आइतवारदेखि नेपालगञ्जका बिद्यालय बन्द भएका छन् । दिउँसोको तापक्रम ४० डिग्री माथि पुगेपछि विशेषतः बालबालिकाहरु बढी प्रभावित भएका छन् ।

बिद्यालयमै बालबालिकाहरु बिरामी पर्न थालेका छन् । वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने जस्तो समस्या देखिन थालेको शिक्षकहरु बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले अत्यधिक गर्मीका कारण बालबालिकाहरुमा स्वास्थ्य समस्या देखिन थालेपछि आजदेखि तीन दिनको लागि बिद्यालय बन्द गरिएको जानकारी दिए ।

उनले मौसमको अबस्था हेरेर बिदा लम्बिन सक्ने संकेत गरेका छन् । यस्तै जानकी गाउँपालिकाले पनि आइतवारदेखि बिदा गरेको छ । गर्मी बढ्ने क्रम नरोकिएकाले २६ गतेसम्म बिदा दिइएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए ।

यस्तै कोहलपुर नगरपालिकाले सोमवारदेखि २४ गतेसम्मका लागि विद्यालयमा विदा दिएको छ । अन्य पालिकाहरुले पनि बिदा दिने तयारी गरेका छन् ।

बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिएर केहिदिन बिद्यालाय बन्द गरिनु पर्ने अभिभावकहरुले माग गरेका छन् । मौसमविदहरुले गर्मी अझै बढ्ने भन्दै सावधानी अपनाउन अपील गरेका छन् । गर्मीसंगै तातो हावा र लु चल्ने क्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न उनीहरुको अपील छ ।

  • २१ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech