१४ बैशाख २०८१, शुक्रबार

नागरिकसँग जोडिन शुरु गर्यो राप्ती सोनारी गाउँपालिकाले ‘गुनासो एप्लीकेशन’
  • न्युज मानसराेवर

बाँके\बाँकेको राप्ती सोनारी गाउँपालिकाले नागरिकसँग जोडिन  गुनासो एप्लीकेसनको शुरुवात गरेको छ। बुधबार देखी शुरु हुने गरी उक्त गुनासो एप्लीकेसन शुरु गरिएको राप्तीसोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी गराएका छन।

गाउँपालिका सबै समुदायहरुको अपनत्व गराउन र गाउँपालिकाका विकास निमार्णका कामहरुमा सहज हुने विश्वासले उक्त गुनासो एप्लीकेसन शुरुवात गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर  पौडेलले बताए ।

‘अब जुन क्षेत्र बाट पनि गाउँपालिकाका कामहरु प्रति सजक र सहज बनाउन आम नागरिकले गुनासो गर्न पाउनु हुनेछ ‘गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भनेका छन। उक्त गुनासो एप्लीकेसनमा गाउँपालिका आम जनताले आफ्नो गुनासा दर्ता गर्न  मिल्ने छ ।

गाउँपालिका कर्मचारीसँग उक्त एप्लीकेशन मार्फत प्रत्येक्ष कुराहरु गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले उल्लेख गरे ।

त्यसै गरी उक्त एप्लीकेसनको सहयोगमा प्रत्यक्ष गाउँपालिकासँग समेत कुरा गर्न मिल्ने छ ‘गाउँपालिका अध्यक्ष पौडेलेले भनेका छन।
हाम्रो गाउँपालिकाको भूगोल ठुलो छ ।  सबै नागरिकसँग अब यसै गुनासो एप्लीकेश मार्फत प्रत्येक वडा र सबै शाखाका कामहरु बारे जनताको राय सुझाव समेत आउने विश्वास लिएको छु’ गाउँपालिका अध्यक्ष तप्त बहादुर  पौडेलले बताए ।

गाउँपालिकाबाट उपलब्ध गराइने अनुदानका कार्यक्रमहरुबारे उक्त एप्लीकेशनले जानकारी  गराउने बताइएको छ। त्यसै गरी  नागरिक वडा पत्र समेत उक्त एप्लीकेसनमा राखिने छ। त्यसै गरी उक्त एप्लीकेशनमा थारु,नेपाली र अवधी भाषामा उक्त नागरिक वडा पत्र राखिने गाउँपालिकाले जनाएको छ । बाँके जिल्लामा गुनासो दर्ता गर्न मिल्ने र आम नागरिक सँग उक्त एप्लीकेसन मार्फत कुरा गर्न मिल्ने पहिलो गाउँपालिका राप्तीसोनारी गाउँपालिका भनेको छ । उद्यपी गाउँपालिकाले यसलाई परिक्षण काल भनेको छ ।

  • २५ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech