६ बैशाख २०८१, बिहीबार

बाल विवाह न्युनिकरणका लागी बिद्यालयले नेतृत्व लिदै
  • लक्ष्मी प्रसाद शर्मा

बर्दिया\विश्वव्यापी स्तरमा २०३०सम्म मा बाल विवाह अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ समाबेश गरिएको छ ।

विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानव अधिकारको दृष्टिकोणवाट आफूले रोजेको व्यक्तिसंग विवाह गर्न पाउने र आफनो भविष्यको मार्गचित्र तय गर्ने प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित हुनपर्दछ ।

यसका लागि प्राय सवै मुलुकहरुले विवाहको लागि न्यूनतम उमेर तोकेका हुन्छन्। नेपालको मूलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० बर्ष तोकिएको छ । नेपालको संबैधानिक इतिहासमा हालैमात्र जारी भएको नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयकोरुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेकोछ ।

बाल विवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । दक्षिण एशियामा नेपाल बंगलादेश र भारत पछि तेश्रो स्थानमा पर्दछ । बालकको तुलनामा संख्यात्मक रुपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनवाट देखिएको छ । यसो हुनुमा महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरु प्रमुख रुपमा देखिएका छन्।

बाल विवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट बञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरबाट पनि बञ्चित हुन्छन्। बिशेष गरी बालिका र महिलाको सन्र्दभमा बाल विवाह ले एउटा मात्रै अधिकारको उल्लंघन नगरी उनीहरुको जीवनचक्रमा थुप्रै अधिकार उल्घनको श्रृंखला सृजना गरी थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहन्छ । बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, लैंगिक हिंसा,यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता थप हिंसाहरुले वालिका र महिलाहरु थप प्रताडित हुन पुग्दछन ।

कालान्तरमा समाज विकास प्रकृयामा महिलाहरूको भुमिका र सहभागितालाई न्यून बनाई सभ्य, सुंसस्कृत एवं समतामूलक समाज निर्माण गर्न बाल विवाह बाधक तत्व बन्न पुग्दछ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) द्वारा बर्दियाका बारर्दिया,मधुवन ठाकुरबाबा नगरपालीका तथा गेरुवा गाउपालीकामा बालबिबाह न्युनिकरण परियोजना संचालन गरिएको छ ।

परियोजना संचालित भएकोमधुवन नगरपालिकामा पालीका स्तरका बिद्यालयका सरोकारवाला पक्ष संग बिधालय स्तरमा बालविवाह रोकथामका लागी अन्तरकृया सम्पन्न गरिएको छ ।

बिद्यालय कक्षाकोठामा सकारात्मक र विभेद रहीत सिकाईको वातावरण छ की छैन बिद्यालयमा बाल क्लबले सक्रिय रुपमा काम गरेको छ की छैन बार्षिक कार्ययोजना निर्माण गरि नियमित बैठक बस्ने, बाल अधिकार बालसंरक्षणका मुद्धामा छलफल गर्ने र पैरवी अभियानका क्रियाकलापहरु संचालन गर्ने बारेमा बिधालयको सरोकारवाला पक्षको स्पस्टता बुझाइ छ छैन, विद्यालयमा किशोरीहरु महिनावारी स्वच्छता सम्बन्धी परामर्श सेवा ले अन्तरकृया छलफल मा भाग लिने अभ्यासहरु छन छैन महिनावारीको बेला आराम गर्ने कोठा तथा स्यानीटरी प्याड उपलब्ध छ कि छैन , बिद्यालयमा बिद्यालय क्षेत्र भित्रको बिद्यालय उमेरका बालबालिकाहरुको तथ्यांक, र बिद्यालय बाहीर रहेका बालबालिकाहरुको तथ्यांक छ की छैन बिद्यालयमा बृहत्तर यौनिकता शिक्षा सम्बन्धी कक्षाहरु संचालन गर्नुपर्ने बारे छलफल गरिएको छ ।

कार्यक्रममा मधुवन नगरपालिक शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल, भृकुटी माबिका प्र.अ श्रीराम पौडेल ,शिव दुर्गा माबिका प्र.अ. हरि बस्नेत ,शुक्र माबिका प्र.अ एलिजा जिसी शिक्षक, प्रभुराम चौधरीले बिधालय घरपछिको दोश्रो पाठशालाको रुपमा बिधालय भएकाले बिधालयमा बालबालीकाको शैक्षिक सुधार गर्न बालमैत्री तथा लैगिक मैत्री बातावरण दिनुपर्ने र बिधालय प्रतिको जवाफदेहिता तथा जिम्मेवारी बोध बिधार्थि तथा बिधालय का शिक्षक कर्मचारिहरुमा गराउनु पर्ने र यसको नेतृत्व बिधालय स्तर बाट गर्नुपर्ने र विवहाको जोखिम कम गर्न पालीकाले बालविवहा न्युनिकरण का लागी निर्माण गरेको रणनितिक योजनालाइ कार्यान्वयनमा ल्याएको खण्डमा बालविवाह न्यनिकरण हुने बताउनु भयो । कार्यक्रममा परियोजना बिधालयका प्र.अ, शिक्षा युवा खेलकुद शाखा प्रमुख एवम कर्मचारि गरि करिब १५ जनाको सहभागीता रहेको र कार्यक्रम संचालन परियोजनाकी फिल्ड सुपरभाजर गंगा गुरुङ्गले गर्नुभएको थियो ।

  • २५ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech