डेक्स \भारत सरकारले आफ्नो नयाँ संसद भवनमा हालै जारी गरेको संस्कृति नंक्सा भन्दै नेपालको लुम्बिनी र कपिलबस्तु जिल्ला समेटिएको नंक्सा जारी गरेपछि त्यसको प्रतिरोध गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखे ।
देशमा बालेनको उक्त कदमको चर्चा फैलियो ।चर्चा आम जनमानसमा मात्र नभएर देशको संघीय संसदका सांसदहरुले समेत बालेन शाहको उक्त कदमको राजनिति शब्दहरुमा कहि बचाउ स्वागत त कहि ब्यङगे प्रयोग गरेको पाईयो ।
चर्चा चलिरहेकै बेला हालै बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष समेत रहेका लव राज खरेलले समेत ग्रेटर नेपालको नंक्सा आफ्नो कार्य कक्षमा राखेका छन।उनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नंक्सा राख्दै भारत सरकारको उक्त कदमको विरोध जनाएको बताए ।
उनले देशका सबै नागरिकहरुले ग्रेटर नेपालको नंक्सा प्रत्येक घर घर मा राख्न आवश्यक रहेको समेत बताए । उनले मेयर बालेन शाहको उक्त कदमको समर्थ गर्दै आफुले समेत ग्रेटर नेपालको नक्सा राखेको स्वीकार गरेका छन।
यसै विषयमा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलसँग कुरा गर्दा नक्सा राख्दैमा देश प्रेमी नहुने बताए । उनले जनताको प्रतिनिधि भएर आएपछि देशको संविधानको पालना गर्नु प्रतिनिधिको पहिलो कर्तव्य हुने बताए । वडा अध्यक्ष आफै स्वतन्त्र हुनुहुन्छ । उहाँको कार्यकक्षमा राख्नु भयो, मैले केही भन्ने अधिकार छैन ,गाउँपालिका अध्यक्ष पौडेलले भनेका छन।
के हो ग्रेटर नेपालको नक्सा ?
सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार ग्रेटर नेपालको नक्सा सन् १८०६ मा नै बनेको हो। तत्कालीन समयमा भारतमा शासन गरिरहेको इस्ट इन्डिया सरकारले नै यो नक्साको निर्माण गरेको हो। अंग्रेज सरकारले तत्कालीन भारतको नक्सा बनाउने क्रममा नेपालको नक्सा पनि बनाएको श्रेष्ठको दाबी छ। श्रेष्ठ भन्छन्, ‘नेपालका राष्ट्रपिता पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरे।
गोर्खाबाट सुरु गरेको यो अभियान काठमाडौं भएर मोरङ, किरात प्रदेश, ताप्लेजुङ तथा भारतको सिक्किममा पनि पुगेको थियो। उनको मृत्यु भएपछि उनका सन्तती बहादुर शाह र राजेन्द्रलक्ष्मीले यो अभियानलाई पुनः निरन्तरता दिए।
सन् १८०६ मा नेपालको सिमाना पूर्वमा टिष्टा नदी, पश्चिममा किल्ला कांगडासम्म पुगेको थियो। १८०९ मा किल्ला कांगडाबाट पूर्व सरेर सप्तक नदीको सिमाना भयो। सिमानाको हिसावले विशाल भएको भारतमा शासन गरेको अंग्रेजलाई राम्रो लागेन।
सन् १८१५ डिसेम्बरमा नेपालसँग युद्धको घोषणा ग¥यो। युद्ध भयो। यसलाई इन्डो गोर्खा वार भनिन्छ। यो युद्धमा कतै नेपालको जित भयो त कतै अंग्रेज सरकारको जित भयो। यसपछि सन् १८१६ मार्च ४ मा सुगौली सन्धि भयो।
यो सन्धिपछि नेपालको सिमाना पूर्वमा मेची र पश्चिममा महाकालीमा सीमित भयो। यो सन्धिको ७ महिनापछि नेपालले राप्तीदेखि कोसीसम्मको पूर्वी भाग फिर्ता पाएको थियो। यसको ४४ वर्षपछि बाँके बर्दिया कैलाली कञ्चनपुर प्राप्त गरेपछि नयाँ मुलुकको रूपमा वर्तमान नेपालको सिमाना कायम भएको हो। ग्रेटर नेपालको नक्सामा भारतको दार्जीलिङ, सिक्किम, गोरखपुर, लखनउ, सिलगढी, पिथौरागढ, झुलाघाटलगायतका ठाउँहरू समेटिएको छ।