१६ भाद्र २०८३, मंगलवार

लुम्बिनी प्रदेश सरकारले नियुक्त गर्यो अर्थविज्ञमा
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकारको अर्थविज्ञमा सुशान्त वैदिक नियुक्त भएका छन्। मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम मुख्यमन्त्रीले विज्ञका रूपमा वैदिकलाई नियुक्त गरेका हुन्।

तुलसीपुर उपमहानगरपालिका– ६ निवासी वैदिकले लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्तातकोत्तर गरेका छन्। उनीसँग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव छ।

वैदिकले मन्त्रालयमा वित्तीय नीति, योजना तर्जुमा, योजना प्रभावकारिता, प्रदेशस्तरीय आर्थिक अवस्था र आवश्यकताबारे भूमिका निर्वाह गरेका थिए।

  • २ असार २०८०, शनिबार प्रकाशित

  • Nabintech