४ जेष्ठ २०८१, शुक्रबार

सामुदायिक विद्यालय सुधार योजना अद्यावधिक गरिदै ठाकुरबाबा नगरमा
  • न्युज मानसराेवर

बर्दिया\बर्दियाको ठाकुरबाबा नगरपालिका भित्रका सामुदायिक विद्यालय सुधार योजना अद्यावधिक गर्ने कार्ययोजनासहितको कार्यशाला सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह ( वि गु्रप) बाँकेको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना पालिका भित्रका विद्यालय सुधार योजना अद्यावधिक गर्ने कार्ययोजनासहितको कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रमको उदेश्य ठाकुरबाबा नगरपालिका भित्र रहेका २३ वटा सामुदायिक विद्यालयहरुले शैक्षिक वर्ष २०८० देखि २०८४ सम्मको ५ वर्षे विद्यालय सुधारको सुधार योजना बनाई विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउनु रहेको छ । यस्तै ५ वर्षे विद्यालय सुधारका नीति तथा कार्यबिधिहरु बनाएर लागु गरी विद्यार्थीहरुको शैक्षिक स्तरमा वृद्धी गर्ने र सबै विद्यार्थीहरुमा एकरुपता ल्याउनु पनि हो ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका–२०७४ ले ब्यबस्था गरे अनुरुप विद्यालयको योजना बनाउने गरिएको भएता पनि विद्यालयको आवश्यकता, स्थानीय माग र अवसरलाई मुख्य रुपमा राखी योजना निर्माण गर्दा योजना प्रभावकारी रहने बताए ।

उनले यसखालको कार्यक्रमले आगामी दिनमा विद्यालयको योजना सुधार भएर आउने अपेक्षा रहेको व्यक्त गर्दै अब बन्ने योजनाहरुमा आपतकालिन शिक्षाको योजना, बिपत् योजना, स्टिम शिक्षा, ग्रिन स्कुल जस्ता बिषयहरु प्रभावकारी बनाउनका लागि यी योजना समेट्दै चुस्त दुरुस्त राख्नका लागि यस कार्यशालाले टेवा पुर्याउने कुरामा जोड दिए ।

बि–गु्रप बाँकेका बालविवाह न्युनिकरण परियोजना प्रबन्धक बिर्खराज उपाध्यायले बालविवाह परियोजना मार्फत सस्थाले विद्यालयमा उपलब्ध सीमित स्रोत र साधनको अधिक्तम रुपमा सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणलाई प्रभावकारी वनाउन र विद्यालयमा सञ्चालन हुने हरेक क्रियाकलापमा समुदायको सकारात्मक सहभागिताको वृद्धि गराउनु पर्नेमा जोड दिए ।

बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासंग विवाह गर्ने वा गराउनेलाई पचहत्तर हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने र वीस वर्ष उमेर नपुगी गरिएको विवाह स्वतः बदर हुने ब्यवस्था रहेको छ । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ (२) ण र दफा ७२ (ख) तथा मुलुकी अपराध (संहिता) ऐन २०७४ दफा १७३ ले समेत उल्लेख गरेको छ ।

शुक्रबारदेखि सुरु भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका २३ सामुदायिक विद्यालयका प्रधानाध्यापक, तथा, विद्यालयका शिक्षक कर्मचारी गरी ४६ जनाको सहभागीता रहेको कार्यक्रमा कार्यक्रममा यसअघिका विद्यालय सुधार योजनाको विश्लेषण तथा छलफल, विद्यालय सुधार योजनाको नयाँ खाका प्रस्तुती र छलफल समेत गरीएको थियो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख सिता भण्डारी, बि–गु्रपका प्राविधिक संयोजक लक्ष्मी शर्मा फिल्ड सुपरभाइजर विमला रावत र मायां खड्काको सहभागीता रहेको कार्यक्रम संचालन ठाकुरबाबा नगरपालिकाका शिक्षा सुपरीवेक्षक नन्दराम अधिकारी र जनज्योती माध्यामिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण आचार्यले गरेका थिए ।

  • २ असार २०८०, शनिबार प्रकाशित

  • Nabintech