११ बैशाख २०८२, बिहीबार

बुटवलमा अत्याधुनिक पशु बधशाला सञ्चालनको तयारी
  • न्युज मानसराेवर

बुटवल\बुटवलमा निर्माण सम्पन्न अत्याधुनिक पशु बधशाला सञ्चालनको तयारी भएको छ । पशु बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आज बोलपत्र आह्वान गरेको छ ।

बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा निर्माण सम्पन्न बधशाला सञ्चालनका लागि बोलपत्र प्रक्रिया पूरा भई आगामी आर्थिक वर्षदेखि बधशाला सञ्चालन गर्ने तयारी भएको बुटवल उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । बधशाला सञ्चालनका लागि कानुनअनुसार प्रक्रिया पूरा भएपछि छिट्टै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

  • ३ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech