बाँके\ सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार सुरु भएको छ ।
सिंह सवार गाडी दुर्घटना हुँदा घाइते भएका उनीसहित तीन जनालाई हेलिकप्टरमार्फत कोहलपुर ल्याइएको हो। सिंहकोअहिले कोहलपुरमा उपचार सुरु भएको छ ।
चालक र पोएसओ को पनि सोही अस्पतालमा उपचार सुरु भइसकेको छ । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र। ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो ।
बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना हुँदा मन्त्री श्रीमती र भाउजूको मृत्यु भइसकेको छ ।
मन्त्री सिंहसहित पाँच यात्रु चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।











