कोहलपुरः कोहलपुर नगरपालिकाको १३औँ अधिवेशनमा मेयर पूर्ण प्रसाद आचार्यले आगामी आर्थिक वर्ष २०८० \०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेका छन।आचार्यले स्वास्थ्य, शिक्षा रोजगारी , उद्यमशीलता सामाजिक विकास , युवा तथा खेलकुद भौतिक पूर्वाधार विकास कृषि क्षेत्र लगाएतमा नीति प्रस्तुत गरेका छन।नगरलाई प्रविधिमैत्री बनाउनका निम्ति नगरका सबै वडामा सि.सि.टिभि जडान गर्ने प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
कोहलपुर क्षेत्र भित्र संचालित ठुला उद्योग व्यवसायहरुमा स्थानीय श्रमक्तिलाई अनिर्वाय ५० प्रतिशत रोजगारीमा आवद्ध गर्ने मेयर आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कोहलपुर नगरपालिकाको समग्र विकास गर्नका निम्ति कोहलपुर नीति समुह गठन गर्ने जस्ता लोकप्रिय कार्यक्रम कार्यक्रम प्रस्तुत गरिएको छ । कृषिमा यान्त्रीकरण गर्दै कृषक पैचान वर्गिकरण गरी कृषक परिचयपत्र वितरण गर्ने सम्मका योजनाहरु प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गरिएका छन।
आन्तरीक कृषि पर्यटनलाई समेत सहयोग पुग्ने गरी स्थानीय आम संचारमाध्यम मार्फत कृषि सचेतना कार्यक्रम लागु गर्ने निति लिइएको छ ।
कोहलपुर नगर भित्र चैते धान खेति गर्ने कृषकहरुलाई नगर विशेष अनुदान प्रदान गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
पुशुको नश्ल सुधार गर्दै दुध र मासु उत्पादन बृद्धि गर्ने अख्तियारी लिइएको छ ।
त्यसै गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्य सहित स्थानीय उत्पादन सामाग्रीहरुलाई कोसेली घर मार्फत खरीद विक्रीको व्यवस्थापन समेत गर्ने उदेश्य प्रस्तुत नीति तथा कार्यक्रममा मेयर आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन।
त्यसै गरी उपमेयर संगिता सुवेदी आर्थिक वर्ष २०८० \०८१ को बजेट प्रस्तुत गरेकी छन। सुवेदीले २०८०\०८१ निम्ति कूल एक अरब सात करोड चौहत्तर लाख बजेट प्रस्तुत गरेकी छन। जारी बजेटमा संघिय शसर्त तेत्तिस करोड सन्तानब्बे लाख ,संघिय समानिकरण अठार करोड छब्बिस लाख , संघिय विशेष सत्तरी लाख , संघिय समपुरक पचास लाख ,प्रदेश समानिकरण एक करोड उन्चालिस लाख उनान्सत्तरी हजार , प्रदेश शसर्त एक करोड एकाइ लाख पचास हजार ,प्रदेश समपुरक एक करोड पचास लाख रहेका छ ।
त्यसै गरी राजश्व वाडफाड संघ तर्फ चौध करोड बहत्तर लाख त्रिसट्टी हजार , घर जग्गा रजिष्टे«शन तेह् करोड ,विज्ञापन कर आठ लाख ,राजश्व वाडफाड प्रदेश तर्फ एक करोड तेह् लाख त्रियासी हजार एकसय बाह् सय त्यसै गरी कोहलपुर नगरपालिकाको आन्तरीम श्रोत तर्फ एघार करोड अट्ठाइस लाख बिस हजार पाँच सय रहेको छ भने गत आर्थिक वर्षको अल्या नौ करोड सन्तानब्बे लाख चौध हजार तिन सय अठासी रुपैया रहेको छ । त्यसै गरी जारी प्रस्तुत बजेट माथी कोहलपुर नगरपालिका नगर सभा सदस्यहरुले आ आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । त्यसै गरी १३ औँ नगर अधिवेशन असार २६ गते १ बजे बाट शुचारु हुने गरि हाललाई स्थगित गरिएको छ ।











