बैजनाथ\बाँकेको वैजनाथ गाउँपालिकामा विहीवार गाउँपालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा गठन गरिएको छ । “रक्तदान जीवनदान” भन्ने नाराका साथ देरभर क्रियाशील समाजको उप९शाखा वैजनाथमा गठन गरिएको हो ।
वैजनाथ गाउँपालिका वडा नं. २ मा विहीवार भएको स्थानीयबासीहरुको भेलाले सुरेन्द्र वि.क.को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा दिपक कार्की, सचिवमा सोनु सिंह वि.क, कोषाध्यक्षमा उषा थापा मगर र सहसचिवमा हेमन्त ओली चयन गरिएको छ। यस्तै सदस्यहरुमा सपना ओली, वीर बहादुर थारु, सन्दीप खप्तडी, कृष्ण सिंह ठकुरी, सिताराम खत्री रहनु भएको छ ।
त्यसैगरि सल्लाहकारहरुमा वैजनाथ गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष राजु रुचाल ठकुरी, जिल्ला सहकारी संघ, बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी, शेर बहादुर बस्नेत, अगन मल्ल, यज्ञ पुन, एकता शाह,भूमिसरा थापा, सितादेवी विश्वकर्मा र भूपाल शर्मा चयन भएका छन।
अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्लेले समाजले रगतको अभावमा कसैले जीवन गुमाउन नपरोस् भनेर देशभर रक्तदान अभियानलाई वृहद् बनाउन शुरु गरिएको जानकारी गराए ।
विगत १८ वर्षदेखि त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनमत अद्र्धसाप्ताहिकका सम्पादक तथा समाजका सल्लाहकार पूर्ण लाल चुकेले हाम्रो एक पिन्ट रगतले कसैको ज्यान बच्छ र नयाँ जीवन पाउँछ भने रक्तदानको यो महान अभियानमा सबैले हातेमालो गर्न जोड दिएका छन। सल्लाहकार चुकेले रक्तदान सबभन्दा ठुलो मानवीय सेवा र दान हो, यो भन्दा ठुलो सेवा अरु केही हुन सक्दैन भन्दै रक्तदानको महान अभियानमा गाउँगाउँका युवा रक्तदाताहरुले योगदान दिनुपर्नेमा जोड दिए ।
वैजनाथ गाउँपालिकाका रगतको आवश्यकता परेका बासिन्दालाई रेडक्रसलाई बुझाउनु पर्ने दस्तुर उपलब्ध गराउन बजेट विनियोजन गर्न आग्रह गर्दै स्वयंसेवीहरुले निःस्वार्थ भावले दिएको रगतको मूल्य कसैले पनि लिन नहुने बताए ।
वडा नं. २ का अध्यक्ष राजु रुचाल ठकुरीले निर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै यस गाउँपालिकामा दुई वर्षअघि राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न वृहद् रक्तदान कार्यक्रममा ३ सय ४५ जनाले रक्तदान गरेर नेपालमै अहिलेसम्मको नयाँ कीर्तिमान कायम गरेको स्मरण गराए । उनले अब वैजनाथ गाउँपालिकामै नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा गठन गरेर अभियानमा पुस्तान्तरण भएको र रक्तदान अभियानलाई निरन्तरता हुने विश्वास गर्दै वडा कार्यालयबाट पनि सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
समाजका कोषाध्यक्ष मनमोहन वर्माले सञ्चालन गरेको उक्त भेलामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले र सल्लाहकार पूर्ण लाल चुकले अविर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
वडा नं. २ का अध्यक्ष राजु रुचाल ठकुरी र समाजका सदस्य होमराज गिरीको समन्वय र सक्रियतामा सम्पन्न उक्त भेलाको समापनमा समाजका उपशाखाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र वि ।कले रक्तदान अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त समेत गरेका थिए ।











