१२ जेष्ठ २०८३, मंगलवार

नागरिकता लिनेको बाँके प्रशासनमा भीड
  • न्युज मानसराेवर

बाँके\जन्मका आधारमा नागरिकता लिनेको बाँके प्रशासनमा भीड लागेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मका आधारमा नागरिकता वितरण शुरु गरेपछि कार्यालयमा नागरिकता लिने सेवाग्राहीको भीड बढ्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यहाँ वंशजको नागरिकता लिनका लागि दैनिक पाँच सयसम्म मानिस पुग्न थालेपछि एक दिनमा सय जनाको मात्र आवेदन लिन थालेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले असार १० गतेबाट जन्मको आधारमा नागरिकता वितरण शुरु गरिएकोमा हालसम्म ४२३ जनालाई नागरिकता वितरण गरिसकिएको बताए ।

प्रजिअ आचार्यका अनुसार अहिले एक दिनमा सय जनालाई मात्र नागरिकता वितरण गर्न सकिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जनशक्तिको अभावले गर्दा सबैलाई नागरिकता दिन नसकिएको जनाउँदै सहजताका लागि अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । टोकन प्रणाली शुरु गरिएपछि सेवाग्राहीलाई सहज भएको र सो बाट आफूले कहिले नागरिकता पाउने जानकारी हुने गरेकोले दिनदिनै प्रशासन धाउनुपर्ने बाध्यता हटेको सेवाग्राहीले बताएका छन् ।

  • १७ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech