९ बैशाख २०८२, मंगलवार

करणीको मुद्दा मिलापत्र गराउने कोहलपुरका ४ जना प्रहरी नियन्त्रणमा
  • न्युज मानसराेवर

बाँके\जबरजस्ती करणीको मुद्दा मिलापत्र गर्न दवाव दिने ४ जना लाई कोहलपुर प्रहरीले नियन्त्रण्मा लिएको छ।   कोहलपुर नगरपालिका वडा नं.२ मा भएको बलात्कारको घटना मिलापत्र गराउने भन्दै १८ लाख लिएर घटना लुकाउन खोज्ने ४ जना लाई प्रहरीले नियन्त्रण्मा लिएको हो । अन्य केही फरार रहको प्रहरी स्रोतले जनाएको छ । 

प्रहरी श्रोतका अनुसार  मिलापत्र गर्न दवाव दिने  आरोपमा पवित्रा ढकाल , माया हमाल , रञ्जिता थारू , विजय पोख्रेललाई  नियन्त्रण्मा  गरेको हो । पीडित महिलाको उजुरीको आधारमा उनीहरू लाई पक्राउ गरिएको प्रहरीको भनाई छ । 

उनीहरूले मुद्दा मिलाउने भन्दै आफुलाई जर्वरजस्ती १८ लाख  दिएको र सो रकम मध्ये ४ लाख मिलापत्र वापतको खर्च भन्दै उनीहरूले नै लगेको पीडित महिलाले दिएको  उजुरीमा  उल्लेख रहेको एक प्रहरीले जानकारी दिए । स्रोतका अनुसार नेपाली कांग्रेस निकट महिला नेतृ तथा बाँके क्षेत्र नं.१ क्षेत्रिय प्रतिनिधि समेत हुन पवित्रा ढकाल । 

इलाका प्रहरी श्रोतका अनुसार मिलापत्र गर्न दवाव दिएको भन्दै अदालतमा मुद्दा दर्ता भई सकेको छ । अन्य केही फरार रहेको र उनीहरूको खोजी भई रहेको छ । बलात्कार आरोपी लाई पनि पक्राउ गरेर कार्यवाही प्रक्रिया अगाडि बढाएको प्रहरीको भनाई छ । प्रहरी श्रोतका अनुसार जेठमा बलात्कारको घटना घटेको थियो । 

  • १८ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech