बाँके\करिब दुई दशकअघिदेखि निर्माण थालिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट पानी आपूर्ति नियमित भएपछि कृषकले उत्पादन बढ्ने आशाले खुशी भएका छन् । पूर्वी नहरबाट चार हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा पुगेपछि करिब सात हजार किसानले अब वर्षैभर खेती गर्न पानीको सुनिश्चितता भएको छ ।