५ बैशाख २०८२, शुक्रबार

कोहलपुर बसपार्कमा एक पुरुष मृत अवस्थामा फेला
  • न्युज मानसराेवर

कोहलपुर\बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ कोहलपुर बसपार्क स्थित प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बुधबार बिहान करीब ४ बजे ५ फिट ४ ईन्च उचाई भएको, अन्दाजी ३७ वर्षीय पुरुष मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उक्त मृतक लाशको हाल सम्म एकिन पहिचान हुन नसकेको डिएसपी तिवारीले बताए ।उक्त मृतक लाशको लाशजाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी मृतकको शव भेरी अस्पताल नेपालगञ्जको लाश घरमा राखिएको प्रहरीले जनाएको छ ।

  • २० असार २०८०, बुधबार प्रकाशित

  • Nabintech