कोहलपुर \बाँकेको कोहलपुर नगरपालिकाले हरित नगर बनाउने अभियान शुरु गरिएको छ । कोहलपुर नगरपालिकाले हरित नगर बनाउने उद्देश्यले ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा लगाउन सुरु गरेको हो ।
नगरपालिकाले अभियानका निम्ति १ हजार ६० वटा कोनोकार्पस ल्यान्सिफोलियस विरुवा ल्याइएको छ।
कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालल र नगर प्रहरी प्रमुख विर बहादुर थापाले हरित शहरका रुपमा चिनाउन आजबाट यो अभियान सुरु गरेका हुन् ।
कोहलपुरको हरित बनाउने योजना हामीले लिएर आएका छौं अब पुरा गर्ने र गराउने कोहलपुरबासीहरुको रहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन। कोहलपुरलाई हरित शहरका रुपमा देशभर नै चिनाउन सबै कोहलपुर नगरबासीहरुको ठुलो भूमिका रहेको भन्दै आचार्यले सबैले आफ्नो घरको अगाडि एउटा मात्र विरुवा लगाउन आग्रह समेत गरेका छन।
नगरपालिकाले नगरबासीलाई आफ्नो घर अगाडि छत्तीवन, करभिर, बेगनबेली, समि, कपुर, मिनि चमेली, गुलाचिन, बोटल ब्रस, टिकुमा लगायतका बिरुवा रोप्न नगरपालिकाले आग्रह समेत गरेका छ ।











