४ बैशाख २०८२, बिहीबार

११ महिनामा ७ लाख १९ हजार नेपालीले लिए श्रम स्वीकृति
  • न्युज मानसराेवर

बाँके\चालु आर्थिक वर्षको ११ महिनामा ७ लाख १९ हजार ६७७ जनाले श्रम स्वीकृति लिएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार संस्थागत र व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिनेको संख्या गत वर्षको तुलनामा ४६‍.६ प्रतिशतले बढी हो।

गत साउनदेखि जेठसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या मात्रै ४ लाख ५९ हजार ४१५ पुगेको छ।  त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ०.५ प्रतिशतले बढेको छ।

दुई लाख ६० हजार २६२ जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएको राष्ट्र बैंकले जनाएको छ। चालु आवको ११ महिनामा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको छ। यो अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ भित्रिएको छ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३ प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ।

  • २५ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech