११ बैशाख २०८२, बिहीबार

बाँकेमा आत्महत्या दुरुत्साहन मुद्दामा फरार एक पक्राउ
  • न्युज मानसराेवर

बाँके\आत्महत्या दुरुत्साहन मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षीय सद्दन बेहना रहेका छन् ।

प्रहरीका अनुसार, बाँके जिल्ला अदालतको २०७७ पुष २४ गतेको फैसलाले बेहना माथि आत्महत्या दुरुत्साहन मुद्दामा ९ महिना २४ दिन कैद र १० हजार जरिवाना तोकिएको थियो । त्यस पश्चात् उनी हालसम्म फरार रहेका थिए ।

आवश्यक कारवाहीका लागि उनलाई बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

  • २७ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech