१२ जेष्ठ २०८३, मंगलवार

एमाले युवा नेता खनालको नेतृत्वमा कोहलपुर खानेपानीमा साझा प्यानल घोषणा
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत तथा उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि ४ दलको साँझा प्यानलको घोषणा गरिएको छ ।

नेकपा एमालेका कोहलपुर नगर अध्यक्ष नम प्रसाद शर्माको अध्यक्षतामा बसेको बैंठकबाट नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा एस गरी ४ राजनितिक दलले रुद्र सुवेदीको नेतृत्वबाट उम्मेदवारी घोषणा भएको हो ।

उपाध्यक्षमा यम बहादुर रावत, सचिवमा बल बहादुर खड्का (अविरल) कोषाध्यक्षमा नारायणी वली, सह-कोषाध्यक्षमा प्रेम पाण्डे रहेका छन् । यस्तै सदस्यहरुमा मेनुका न्यौपाने, केशव पोख्रेल, दुर्गा काफ्ले र लाल बहादुर बुढाथोकी रहेका छन् । सह-सहिच सहित थप २ जना मनोनित गर्ने छन् ।

उम्मेदवारी घोषणा सभामा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी, पुर्वकृषि मन्त्री आरती पौडेल तथा नेकपा एमालेका कोहलपुर नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओवादी केन्दका नगर अध्यक्ष अवराज खड्का, राप्रपाका बाँके अध्यक्ष रूद्रमणि न्यौपाने, नेकपा एकीकृत समाजबादी कोहलपुरका नगर अध्यक्ष शिव डाँगी अब्दुल हुँसेन खाँ र बलराम भट्टराई, लगायत कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

नेकपा माओवादी केन्दका नगर अध्यक्ष अवराज खड्काले कोहलपुरबासीलाई सहज रुपमा स्वच्छ खानेपानी उपलब्ध गराउन सक्षम नेतृत्वको आवश्यक परेको भन्दै सुवेदीको साँझा प्यानललाई विजय गराउनुहुन सबैमा अनुरोध गरे । ‘यो जनतासंग प्रत्यक्ष जोडिएको हुन्छ,’ उनले भने, ‘जसलाई स्वच्छ र नियमित रुपमा घरदैलोमा पुर्‍याउने लक्ष्य राखेको छ ।’ युवा तथा उर्जावान सुवेदीको टिमलाई कोहलपुर खानेपानी संस्थामा सम्पूर्ण प्यानल नै विजय बनाउन अनुरोध गरे ।

उम्मेदवारी घोषणा सभामा नेकपा एमालेका कोहलपुर नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओवादी केन्दका नगर अध्यक्ष अवराज खड्का, राप्रपाका बाँके अध्यक्ष रूद्रमणि न्यौपाने, नेकपा एकीकृत समाजबादी कोहलपुरका नगर अध्यक्ष शिव डाँगी र अब्दुल हुँसेन खाँ लगायतले साँझा उम्मेदवारलाई निर्वाचित गराउन सबै राजनिति दलले ऐक्यबद्धता जनाए ।

यस्तै कोहलपुर बृहत खानेपानी तथा उपभोक्ता संस्थाको आगामि नेतृत्वका लागि हुने निर्वाचनका अध्यक्ष पदका उम्मेदवार रुद्र खनालले घरघरमा स्वच्छ पानी, भष्टाचार तथा अनियमितालाई पूर्ण रुपमा बन्द गर्ने बताए ।

‘भूमिहिन तथा सुकुम्बासीहरुका लागि खानेपानीको व्यवस्थापन गर्नेछाै,’ उनले भने,‘ जनतालाई सरल, सहज र नियमित रुपमा स्वच्छ खानेपानी उपलब्ध गराउनेछौं ।’ सुवेदीले आफ्नो टिमलाई निर्वाचित गराउन सबै उपभोक्ताहरुलाई अनुरोध गरेका छन् । खानेपानीमा करिब ५ हजार २ सय उपभोक्ता रहेको कोहलपुर बृहत खानेपानी तथा उपभोक्ता संस्थाको निर्वाचन साउन महिना भित्रमा हुने भएको छ ।

  • २ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech