बाँके\ बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य सुर्य ढकाललाई राप्तीसोनारी गाउँपालिकाका स्थानीयले बजेट माग गरेका छन।
राप्तीसोनारी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा टिनका छाना मुक्त मुक्त बनाउन आवश्यक बजेट माग गरेका हुन । राप्ती सोनारी गाउँपालिका कूल सामुदायिक विद्यालयहरु कूल ५४ वटा रहेका छन। जसमध्य २० वटा माध्यमिक तह र ३४ वटा आधारभूत तह विद्यालयहरु रहेका छन।
त्यसै गरी ढकेरी प्रहरी चौकिको पक्की भवन निमार्णका लागि समेत आवश्यक बजेट माग गरिएको छ भने राप्ती सोनारी गाउँपालिका क्षेत्र भित्र राष्ट्रिय बाणिज्य बैकको शाखा ल्याउन समेत पहल गर्न माग गरिएको छ ।
बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य सुर्य ढकालललाई उक्त माग राप्ती सोनारी गाउँपालिका खुमा डागी , माधव पौडेल ,मनोज के.सी ,विश्वराज खनाल ,मदन वली ,सोहनलाल थारु , श्रीधर उपाध्यायले बजेट माग गरेका हुन। ज्ञापनपत्र बुझ्दै प्रतिनिधि सभा सदस्य सुर्य ढकालले समग्र बाँके क्षेत्र नं.१ को विकासका निम्ति संसद कोष बाट प्राप्त रकम आवश्यक पर्ने स्थानहरुमा खर्च गर्ने बताए ।
उनले स्थानीय तहहरु समेत आवश्यक योजना सहित माग बजेट माग गरिए उक्त रकम विकास निमार्णमा खर्च गरिने बताएका छन।
ढकालले भने अदालतमा रिट परेको छ’ सांसद विकास कोष विरुद्ध ‘ तर जनताको प्रतिनिधि हुनाको हैसिएतले विकास निमार्ण गर्न पनि सांसदहरुको अधिकार तथा जम्मेवारी समेत भएको हुनाले जनताको पक्षमा उक्त रिट बारे अदालतले विचार गर्ने विश्वास समेत व्यक्त गरेका छन।