११ मंसिर २०८१, मंगलवार

लुम्बिनी प्रदेशसभा बैठक स्थगित
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशसभाको सोमबारका लागि आह्वान भएको बैठक स्थगित भएको छ । काठमाडौंमा जारी सभामुख, उपसभामुखहरुको सम्मेलन एक दिन लम्बिएपछि लुम्बिनी प्रदेशसभाको साउन ८ गतेका लागि आह्वान भएको बैठक आइतबार सूचना प्रकाशित गरी स्थगित गरिएको हो ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सभामुखहरुको राष्ट्रिय सम्मेलन एक दिन लम्बिएकाले सोमबारको बैठक मंगलबारका लागि आह्वान गरिएको बताए । सोमबारको बैठक सूचना प्रकाशन गरी स्थगित गरिएको र मंगलबार दिउँसो १ बजेका लागिआह्वान गरिएको पुनले बताए । यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था संचालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

निजामती कर्मचारीसम्बन्धी विधेयक विषयगत समितिमा छलफल हुने भए पनि स्वास्थ्यसम्बन्धी विधेयक सोमबारको बैठकमा छलफल गर्ने तयारी थियो । मंगलबारको बैठकमा सोही विधेयकमाथिको छलफल अघि बढ्ने सम्भावना रहेको सचिवालयले जनाएको छ ।

बैठकमा कार्यसूची सोमबार बस्ने कार्यव्यवस्था परामर्श समितिले तय गर्ने सचिव पुनले बताए ।

  • ७ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech