नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा लथालिंग अवस्थामा रहेको पार्टीलाई पुनर्जीवित गर्नेभन्दा पनि एकले अर्कालाई दोषारोपण गरेर आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्नेतर्फ अग्रसर हुनुले कांग्रेसको भविष्य के हुने भन्ने चिन्ता सर्वत्र सार्वजनिक देखियो ।
राजनीतिक कुशासनका कारण दलीय राजनीतिप्रति वितृष्णा जाग्दै गएको अहिलेको अवस्थामा कांग्रेस एकजुट भएको सन्देश दिनुपर्नेमा एक–आपसमा गाँड कोराकोर गरेर दुनिया हँसाउने काम कांग्रेसजनले गर्नु राम्रो देखिदैन । पार्टीलाई एक ढिक्का भएको सन्देश दिनुपर्ने कांग्रेस गुट र उपगुटमा विभाजन भएर जनतालाई निराश बनाउने काम हुनुले पनि कांग्रेसको भविष्य के हुने भन्ने आम कार्यकर्तामा चिन्ता देखिन र व्यक्त हुन थालेको छ ।
रम्परावादी दलको विकल्पमा जनता लागेका बेला बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एक ढिक्का भएको सन्देश दिनुपर्नेमा पार्टीको निर्वाचित मूल नेतृत्व परिवर्तनको कसरत हुनु पक्कै पनि कांग्रेसजनका लागि राम्रो होइन। मूल नेतृत्वले पनि तानाशाही प्रवृत्ति लाद्न खोज्नु किमार्थ हुँदैन।पार्टी रहेमा कांग्रेसजनहरुले राजनीति गर्ने होला, कांग्रेस नै नरहे कहाँराजनीति गर्ने रु यो आम नेताले सोच्नुपर्ने विषय होइन र ?
पुराना दललाई चुनौती दिएर स्थापना भएका दलहरुले विगतदेखि नै अहिले स्थापित दलहरुका कारण मुलुकमा कुशासन र भ्रष्टाचार मौलाएको र अब देशको नेतृत्व आफूहरुले गर्ने भन्दै सिद्धान्तविहीन दलहरु अहिले जनतामा लोकप्रिय हुँदै गएको अवस्थालाई समेत कांग्रेसको जारी केन्द्रीय कमिटीको बैठकले सम्बोधन गर्न सकेको देखिँदैन ।
यसले मुलुकमा पार्ने असरका बारेमा कांग्रेसजनहरुले जसरी विचार–विमर्श गर्नुपर्ने थियो त्यो गरेको पाइएन । सत्ता र शक्ति आफ्नो हातमा ल्याउने होडबाजीले कांग्रेसको भविष्य के हुने, अहिलेदेखि नै कार्यकर्ताहरु चिन्तित हुन थालेको देखिन्छ । हिजो बीपीले कल्पना गरेको कांग्रेस र आजको कांग्रेसको कार्यशैली हेर्ने हो भने निराशाबाहेक केही देखिँदैन ।
पार्टीभित्रको गुट–उपगुटको अन्त्य आजको आवश्यकता हो । आम कार्यकर्ताको भावना विपरीत कांग्रेसको मूल नेतृत्वले हिँड्ने कोशिश ग¥यो भने यसको अस्तित्व डाइनोसरजस्तै नहोला भन्न सकिँदैन, नेतृत्वले बेलैमा सोच्ने बेला आएको छ ।