कोहलपुर\पश्चिम नेपालको केन्द्रविन्दु, विकासन्मुख सहर, समृद्धिको बाटोमा लम्किीरहेको, आमजनताको आधुनिक सपना बोकेको, रोजगारीका अवसरहरु बोकेको, विभिन्न जातीय, धार्मिक सहिष्णुता भएको सहर मात्र होइन लुम्बिनी , सुदुरपश्चिम र कर्णाली प्रदेशको केन्द्रविन्दुमा रहेको सहर कोहलपुर हो ।
कोहलपुरविकासको द्रुतपद मार्गमा हिडिरहेको छ । कोहलपुरलाई बनाउनुपर्ने आधारहरु धेरैरहेका छन् । कोहलपुर हजारौं मासिनको बासस्थान हो । कोहलपुरका जनतालाई शुद्ध, सफा, स्वच्छ र प्रशोधित खानेपानी उपलब्ध गराउनु लोकतान्त्रिक समूहका उम्मेदवारको कर्तव्य रहेको छ । कोहलपुरमा भूमिगत पानीको मुहान सुक्दै गएकाले यसको दीर्घकालिन श्रोत खोज्नु कोहलपुरमा आवको आवश्यकता देखापरेको छ ।
प्रजातन्त्र पुनः स्थापना पछि २०४८ सालमा काठमाण्डौंका जनतालाई मेलम्चिको पानी खुवाउने बाचा गरेका तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको त्यो सपना आज पुरा भएको छ । छेउमै रहेकाबबई र राप्ती नदीको पानी कोहलपुरमा ल्याउन नसकेपछि भविष्यमा निकै समस्याहरु हुने कुरामा हाम निकै चनाखो भएका छौं । यसका लागि दीर्घकालिन लक्ष्य सहितको दृष्टिकोण भएको नेतृत्व आज कोहलपुर खानेपानी संस्थाले खोजिरहेको छ । यही नेतृत्वका लागि साउन १२ गते हुन गईरहेको कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार टेक नारायण भुषाल निर्वाचनमा उत्रीएका छन् ।
को हुन् भुषाल?
वि.स. २०३२ साल कार्तिक २४ गते चितवनमा भुषालको जन्म भएको हो । बुबा लिल प्रसाद भुषाल र आमा लक्ष्मी भुषालका कान्छो छोरा
हुन् । सामान्य परिवारमा जन्मेका भुषाल २०४६ सालदेखि कोहलपुर नगरपालिका वडा नं. १२ मा बस्दै आएका छन् ।
भुषालकी जीवन साथी सरस्वती भुषाल हुन् । २०५२ सालमा एस.एल.सी. दिएका भुषालले वी.ए. सम्मको अध्ययन गरेका छन् । विद्यालय तहबाटै सामाजिक र राजनीतिक नेतृत्व गरेका भुषालले विद्यालय तहमै विद्यार्थी राजनीतिबाट आफनो राजनीतिक यात्रा सुरु गरेका हुन् ।
उनी नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ बाँके क्षेत्र नं. १ को अध्यक्ष, बाँके जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भई विद्यार्थीहरुका बिचमा निकै परिचित पनि छन् ।उनले विद्यार्थीको हक र अधिकारका सवालमा सडक आन्दोलनको नेतृत्व समेत गरेका छन् । यसका साथै हाल भुषाल नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्यका रुपमा रहेका छन् ।
भुषाल कोहलपुर नगर विकास समितिको अध्यक्ष भई नगरविकासको समृद्धिको आधार तय गरेका हुन् । विकासको तिव्र गतिमा हिडिरहेको कोहलपुर नगरलाई भुषालको नीतिले नगरको भौतिक विकाससँग जोडेको छ । नगरविकासको अध्यक्ष भएकै बेला उनी कोहलपुर नगरका सडकहरु फराकिलो बनाउनुका साथै न्यरोडलाई व्यवस्थित गरेका थिए । भुषालले कोहलपुर नगरपालिकामा बसोवास गर्ने आम उपभोक्ताहरुको लागि शुद्ध, सफा र प्रशोधित पानी सहज रुपमा उपलब्ध गराउने संकल्प लिएका छन् ।
यसका साथै विगतमा भएको आर्थिक अनियमिततालाई छानविन गरी प्रतिवेदनमा दोषी ठहरिएकालाई कारवाही गर्र्ने, धारा बिग्रिएर वा चुहावट भएर पानीको आपूर्तिमा हुने अवरोधको समस्यालाई निराकरण गर्न एक वडा एक प्राविधिक दक्ष जनशक्तिको मोडेललाई कार्यन्वयन ल्याइने, आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी वर्षको दुई पटक वर्षा र हिउँदमा पानीको प्रदूषण जाँच गर्ने लक्ष्य लिएका छन् । साथै भेरी बबई डाइभर्सन र राप्ती नदीको पानी कोहलपुरमा ल्याउन सम्बन्धित गौरवको आयोजना,खानेपानी मन्त्रालय र कोहलपुर नगरपालिकासँग आवश्यक समन्वय गरी कोहलपुरका सबै नागरिकको घर–घरमा हुने पिउने पानीको अभावलाई अन्त्य गर्ने दृढसंकल्पका साथ भुषालको चुनाव चिह्न बसमा मतदान गरी बिजयी गराई दिन आम उपभोक्ताहरुमा हार्दिक अनुरोध छ ।