११ जेष्ठ २०८३, सोमबार

प्रदेशसभाबाट स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक पारित
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशसभाले स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक पारित गरेको छ ।प्रदेशसभाको शुक्रबार सम्पन्न दोस्रो अधिवेशनको २३औं बैठकले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

सामाजिक विकास समितिको तर्फबाट अघिल्लो बैठकमा प्रतिवेदनसहितको विधेयक सभामा प्रस्तुत गरिएको थियो । प्रदेशसभा बैठकमा स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख तुलाराम घर्तीले विधेयकलाई सभामा निर्णयार्थ प्रस्तुत गर्दै विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरे । आगामी बैठक सूचना टाँस गरेर जानकारी दिनेगरी शुक्रबारको बैठक सम्पन्न भएको छ । शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले कर्मचारी विधेयकमाथि गम्भीरतापूर्वक छलफल गरेर टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

  • १२ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech