कोहलपुर \कोहलपुर खानेपानी संस्थाको मतगणना जारी रहेको छ । कूल २ हजार ८ सय ८६ मत खसेकोमा हाल सम्म १२ सय ४५ मत गणना सकिएको छ ।
१२ सय ४५ मत गणना हुँदा नेपाली कागं्रेसका अध्यक्ष उम्मेदवार टेक नाराण भुषालले ५ सय ७ मत प्राप्त गरी अग्रता कायम राखेका छ । त्यसै गरी गठबन्धनका तर्फ बाट अध्यक्ष उम्मेदवार रुद्ध खनालको भुषालाई पछ्याइराखेका छन। खनालले ४ सय ८९ मत प्राप्त गरेका छन।
भुषालले खनाललाई १८ मतले अग्रता लिएका हुन। त्यसै गरी अध्यक्ष पदका उम्मेदवार विष्णु तिवारीले १२ सय ४५ मतगणना सम्पन्न हुँदै गर्दा कूल जम्मा १ सय ४२ मत प्राप्त गरेका छन।प्रमुख निर्वाचन अधिकृत टिकाराम ढलकालले जानकारी गराएका छ ।
मतगणना जारी रहेको छ । हाल मतगणना कोहलपुर वडा नं.२,१०,११ भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। त्यसै गरी १२ सय ४५ मतगणना हुँदै गर्दा १५ वटा मत बदर भएका छन।