१० बैशाख २०८२, बुधबार

सांसद विकास कोषको रकम बाँके १ को समृद्धीका निम्ति खर्च गरिनेः ढकाल
  • न्युज मानसराेवर

कोहलपुर\बाँके क्षेत्र नं. १ का संघिय माननिय सुर्य ढकालले सांसद विकास कोषको रकम बाँकेको विकासका निम्ति राजनिति दल नागरिक समाज र स्थानीय जनप्रतिनिधिहरुको सल्लाह र मागका आधारमा बजेट विनियोजन गर्ने बताएका छन।

बाँकेको कोहलपुर चौराह देखी चपरगौडी पुल सम्म उत्तर तर्फको रक्षा सामुदायी वनको जग्गामा सामुदायीक वनले पार्क बनाउन आवश्यक बजेट माग गरेमा आधुनिक पार्क बनाउन आवश्यक बजेट विनियोजन पहिलो चरणमा १ करोड सम्म गर्न सकिने ढकालले बताएका छन।

त्यसै गरी बैजनाथ कोहलपुर नेपागञ्जका नागरिकहरुको सहजताका निम्ति आर्य घाट निमार्ण गर्न कोहलपुर नगरपालिकाले कार्यायोजना बनाई माग गरेमा १ करोड रकम विनियोजन गरिने न्यूज मानसरोबर डट कमलाई उल्लेख गरेका छन। उनले राप्ती सोनारी भित्र रहेका सामुदायीक  विद्यायका टिनका छानाहरु मुनी जिप्सन राखिने औल्याएका छन। ढकालले नरैनापुर गाउँपालिकामा छात्रा कलेज निमार्ण गरिने समेत बताए ।

आफ्नो ५ वर्षे कार्यकालमा राप्ती नदिको ३३ किलो मिटर तटबन्धन पुरा गरिने गर्ने लक्ष्य लिएको समेत बताए ।त्यसै गरी मध्यवर्ति क्षेत्र राप्ती सोनारी वडा न.१ स्थित कुसुम देखी कोहलपुर नगरपालिका वडा नं.१ कौशिलानगर सम्म तटबन्धन गर्ने बताएका छन।

  • १५ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech