११ मंसिर २०८१, मंगलवार

आज सय दिनका उपलब्धि सार्वजनिक गर्दै लुम्बिनी सरकार
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकारले सरकार गठन भएको सय दिन पुगेको अवसरमा यो बीचका उपलब्धि सार्वजनिक गर्ने भएको छ ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले आइतबार दिउँसो साढे २ बजे देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरेर सय दिनका उपलब्धि सार्वजनिक गर्ने जनाएका छन् ।   वैशाख १४ गते प्रदेश सभामा रहेका १० मध्ये ८ दलको सहभागितामा कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी मुख्यमन्त्री बनेका थिए ।

८७ सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, नेकपा एस, जनमोर्चा र स्वतन्त्र सांसद गरी ५३ जनाको समर्थन रहेको छ । नेकपा एमालेका २९ र राप्रपाका ४ सांसद प्रतिपक्षमा छन् । मुख्यमन्त्री चौधरीले गठबन्धन र खास गरी पार्टीभित्रको विवाद मिलाउन नसकेका कारण अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । अहिलेसम्म ७ जनाको मन्त्रिपरिषद् रहेको छ ।

  • २१ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech