कोहलपुर\कोहलपुर सामुदायिक सेवा केन्द्र बाँकेको अध्यक्षमा शरद रेग्मी चयन भएका छन। संस्थाको ८ औँ साधारण सभामा रेग्मी अध्यक्षमा चयन भएका हुन ।
आगामी कार्यकालका लागि उपाध्यक्ष मन्जु कोइराला , सचिब रबि रोकाया ,कोषअध्यक्ष ओमजङ शाही चएन भएका छन । त्यसै गरी सदस्यहरुका क्रमशः गङगा राम थापा,कल्पना तिमिल्सिना , बल बहादुर बिसि,बिष्णु प्रसाद ढकाल र बिनोद सिंह सामन्त रहेका छ्न।
केन्द्रका अध्यक्ष सामाजिक अभियान्ता बिष्णु प्रसाद अध्यक्षको अध्यक्षतामा शुक्रवार भएको सभाले सभामा प्रस्तुत आर्थिक तथा प्रगती प्रतिबेदन पारित गर्नुका साथै नया कार्य योजना समेत पारित गरेको छ। केन्द्रले बिगत १ दसक देखि सामुदायिक रेडियो कोहलपुर एफ एम तथा एम्बुलेन्स सेवा प्रदान गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको सस्थापक अध्यक्ष बेल्बासेले बताए।
दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणले आफू उत्साहित रहेको बताउदै बेल्बासेले आफुलाइ सामाजिक काम गर्न थप टेवा पुगेको बताए।











