११ बैशाख २०८२, बिहीबार

छ क्विन्टल यार्सा निकासी
  • न्युज मानसराेवर

डोल्पा \डोल्पाबाट आर्थिक वर्ष २०७९/८० मा छ क्विन्टल यार्सागुम्बा निकासी भएको छ ।

से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा यार्सा सङ्कलकबाट यार्सापाटनमा प्रवेश गरेबापतको शुल्कबाट ८६ लाख ७७  हजार पाँच सय र २४० केजी यार्सागुम्बाको छोडपुर्जीबाट ७४ लाख ६३ हजार ४७० गरी एक करोड ६१ लाख ४० हजार ९७० रुपियाँ राजस्व उठेको छ ।

डिभिजन वन कार्यालयवाट ३४३ केजी यार्सागुम्बाको छोडपुर्जीबापत एक करोड ६४ लाख ८९५ रुपियाँ उठेको छ ।  कुटिक, पदमचाल, गुच्चीच्याउलगायतका अन्य जडीबुटीको छोडपुर्जीबाट छ लाख ३९ हजार ५५५ सहित गरी कुल एक करोड १२ लाख ८० हजार ४४७ रुपियाँ राजस्व आम्दानी भएको वन अधिकृत महेश कुमाईले जानकारी दिएका छन ।  नेपाल सरकारले एक केजी यार्सागुम्बाको राजस्व ३१ हजार रुपियाँ तोकेको छ ।

  • ३१ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech